images
images

राष्ट्र बैंकको प्रोभिजनिङले कति घट्छ बैंकहरुको लाभांश ? 


  • 2.1K
    SHARES
  • २०७८ श्रावण ११ गते सोमबार

    राष्ट्र बैंकको प्रोभिजनिङले कति घट्छ बैंकहरुको लाभांश ? 

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने सम्भावित लाभांश घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशनको बुँदा संशोधन गर्दै प्रोभिजनिङसम्बन्धी नयाँ व्यवस्था गरेको हो । यो व्यवस्थाले बैंकहरुको लाभांश क्षमता घट्ने देखिएको छ । 

    बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्दा प्रवाह भएको ऋणको १ प्रतिशत बराबर हुन आउने रकम जगेडा कोषमा राख्नुपर्ने व्यवस्था थियो । यो प्रोभिजनिङलाई बढाएर राष्ट्र बैैंकले १.३ प्रतिशत पुर्याइदिएको छ । 

    लाभांश क्षमतामा कति असर गर्छ भन्ने नभए पनि यो व्यवस्थाले लाभांश क्षमता करिब २ प्रतिशतसम्म घट्नसक्ने बैंकिङ क्षेत्रका विज्ञ अनलराज भट्टराई बताउँछन् । अहिले बैंकिङ क्षेत्रबाट प्रवाहित ४१ अर्ब कर्जाको ०.३ प्रतिशत प्रोभिजनिङ गर्दा बैंकहरुले करिब १२ अर्ब थप प्रोभिजनिङ गर्नुपर्ने उनको भनाइ छ । यसमध्ये ३० प्रतिशतले हुन आउने रकम कर बचत हुने भएकोले बैंकहरुको नाफा करिब ८ अर्ब रुपैयाँ उनको भनाइ छ ।

    अहिले बैंक तथा वित्तीय संस्थाको कुल चुक्ता पुँजी ३ खर्ब ९४ अर्ब रुपैयाँ रहेकोले यो प्रोभिजनिङले बैंकहरुको औसत लाभांश २ देखि साढे २ प्रतिशतले कमी आउने भट्टराई बताउँछन् । 


    images
    images

    Logo