images
images

ब्याजदर करिडोरको तल्लो सीमा साढे ४ प्रतिशत


  • 432
    SHARES
  • २०८० श्रावण १२ गते शुक्रबार

    ब्याजदर करिडोरको तल्लो सीमा साढे ४ प्रतिशत

    काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहने निक्षेप सङ्कलन दरलाई १ प्रतिशतले बिन्दुले घटाएर साढे ४ प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकले आज एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै निक्षेप सङ्कलन दर घटाएसँगै रिपो दर पनि ०.५० प्रतिशत बिन्दुले घटेको छ ।

    यसअघि वाणिज्य बैंकहरुमा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर साढे ७ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर साढे ५ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दर ७ प्रतिशत थियो । 

    स्थायी तरलता सुविधा दरलाई भने साढे ७ प्रतिशतमा यथावत राखिएको छ । तर तल्लो सीमाको रुपमा रहेको निक्षेप सङ्कलन दरलाई साढे ४ प्रतिशत पुर्याइएको छ । त्यस्तै, नीतिगत दरको रुपमा रहेको रिपो दरलाई साढे ६ प्रतिशत कायम गरिएको छ ।

    राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिमार्फत् निक्षेप सङ्कलन दर र नीतिगत दर घटाउने निर्णय गरेको थियो ।


    images
    images

    Logo