काठमाडौं । आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएकको छ । राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्नका लागि बिहान ८ बजेदेखि नै राष्ट्र बैंकको संचालक समितिको बैठक बसेको छ ।
बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ । सोही मौद्रिक नीति दिउँसो सार्वजनिक हुनेछ । मौद्रिक नीति आईतबार दिउँसो ३ बजे सार्वजनिक गर्ने जनाइएकाे छ ।
मौद्रिक नीतिमा नियामकीय नीतिभन्दा पनि बाह्य क्षेत्रमा भएको सुधारलाई कायम राख्ने गरी मौद्रिक उपकरणमा लचकता अपनाउन सक्ने स्रोतले बताएको छ । मौद्रिक नीति अगाडि गत शुक्रबार मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसनले गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको थियो ।