काठमाडौं । नेपालमा थप २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १३,६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।
यसैगरि, देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ जना रहेको छ ।