काठमाडौं । भारतले चामल निर्णतमा रोक लगाएको छ । बिहीबार भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले एक सूचना जारी गर्दै चामल निर्यात नगर्ने बताएको हो ।
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाल पनि चामल नआउने भएको छ । भारतले मनसुनका कारण धान उत्पादन कम भएका कारण खाद्यन्न अभाव हुनसक्ने भन्दै चामल निर्यातमा रोक लगाएको छ ।
भारतको सो निर्णय गरेसँगै नेपालमा पनि चामलको मूल्यवृद्धि हुने देखिएको छ । किनकी नेपालमा भारतबाट नै ठुलो मात्रामा चामल भित्रिने गरेको छ ।