काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो सरकार ढलाएर शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन सहयोग गर्ने सांसदलाई कारबाही गर्ने अडानबाट पछि हटेका छन् ।
सर्वोच्च अदालतको आदेश अनुसार ह्विप नलागेको अवस्थामा पार्टीको निर्णय विपरित ३३ जना सांसद गएका थिए । त्यसमध्ये २२ जनाले देउवाको पक्षमा मतदान गरेका थिए भने ११ जनाले मतदान प्रक्रिया बहिस्कार गरेका थिए ।
ओली पक्षले देउवाको पक्षमा मतदान गरेका २२ सांसदलाई केही दिनअघि प्रष्टिकरण सोधको थियो । तर, बिहीबार ओलीले ती सबैलाई ‘आममाफी’ दिने घोषणा गरेका हुन् ।