काठमाडौं । मेगा बैंकले वार्षिकोत्सव मनाएको छ । बैंकले बिहीबार ११ औं वार्षिकोत्सव मनाएको हो । २०६७ साल साउन ७ गते तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले सो बैंकको उद्घाटन गरेका थिए ।
११ वर्षको यो अवधिमा बैंकको चुक्ता पुँजी १४.६५ अर्ब र १ सय ७८ शाखा ३३ वटा एक्सटेन्सन काउन्टर र ७१ वटा शाखारहित बैकिङको सञ्जाल भएको बैंकले नेपाली बैंक तथा वित्तीय संस्थाहरूको लहरमा आफूलाई निकै अगाडि उभ्याउन आफूहरु सफल जनाएको छ ।
एघार बर्षै छोटो अवधिमा संस्थाले हासिल गरेको उपलब्धि र प्राप्त गरेका अवार्डले जीवन्त बनेर आफ्नो परिचय दिइरहेको बैंकले जनाएको छ। आगामी दिनमा आयात प्रतिस्थापन गर्ने निर्यातमुलक र उत्पादनमुखी तथा रोजगारी सृजना गर्ने उध्योग तथा व्यवसाय लगानी गर्ने नीति लिएको समेत बैंकले जनाएको छ ।
वार्षिकोत्सवको अबसरमा बैंकले बैंकका अध्यक्ष भोजबहादुर शाहले डा. भेषबहादुर थापा, प्रा.डा. पार्थिवेश्वोर तिमिल्सिना, प्रा. डा. बिशम्भर प्याकुरेल, डा. डिल्लीराज खनाल, प्रा. डा. गोविन्द नेपाल र सञ्चालक समितिका पूर्व सञ्चालकहरु, सस्थापक समूह एवं मेगा बैकमा समाहित भएका बैंकहरू पश्चिमाञ्चल विकास बैंक, टुरिजम विकास बैंक तथा गण्डकी विकास बैंकका पूर्वअध्यक्ष लगायत विभिन्न कालखण्डमा बैंकको बोर्ड र व्यवस्थापनमा रहेकर अनवरत योगदान गर्नेहरुलाई धन्यवाद दिए ।
त्यस्तै, प्रा. डा. मदन कुमार दाहाल, बैंकका सस्थापक एवं संयोजक डा. दुमन थापा र संस्थापक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कम्पनी सचिव तुलसी राम पोखरेलले बैंकको स्थापना र यसको विकासको आधार स्तम्भ खडा गर्नमा खेलेको भूमिकाप्रति शाहले धन्यवाद दिए ।



