काठमाडौं । गृह मन्त्रालयले मध्यम तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्न दिन परिपत्र गरेको छ । गृहले सबै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई यस्तो परिपत्र गरेको हो ।
मन्त्रिपरिषद्को गत सोमबारको बैठकले त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगबाट परीक्षा सञ्चालन सुरु भएको भन्दै परीक्षार्थी तथा सहभागीको आवागमनका लागि भन्दै यस्तो सहजीकरण गर्न परिपत्र गरेको हो ।
परिपत्रसँगै मध्यम तथा लामो दूरीका गाडीहरु निर्वाध ढंगले चल्न पाउने भएका छन् । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले यस्ता सवारी साधन खुला गरे पनि अइ विभिन्न जिल्लामा यस्तो अवरोध कायमै थियो । निर्देशनपछि सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनहरु चल्न पाउने भएका छन् ।