images
images

१५ वटा बैंकको सिस्टम ह्याक गर्ने भन्दै फोन र इमेलबाट धम्की


  • 1.1K
    SHARES
  • २०७८ श्रावण ७ गते बिहीबार

    १५ वटा बैंकको सिस्टम ह्याक गर्ने  भन्दै फोन र इमेलबाट धम्की

    काठमाडौं । ह्याकरहरुले नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने भन्दै चेतावनीमूलक पत्र पठाएका छन । राष्ट्र बैंक र बैंक उच्च तहका कर्मचारीहरुलाई फोन तथा इमेल गरेर यस्तो पत्र पठाइएको हो । 

    अमेरिकाबाट टेलिफोन गरेर ती बैंकहरुको सिस्टम ह्याक गर्ने चेतावनी दिइएको जनाइएको छ । ह्याकरले गरेको इमलेमा भने नेपाल राष्ट्र बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, एनआईशी एशिया बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख गरिएको छ । 

    नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले यस्तो पत्र आएको भए पनि यो अफवाह फैलाउने र जनतालाई त्रसित बनाउने उद्देश्यले मात्रै आएको दाबी गरे । 

    ‘हामीले हाम्रा सबै सिस्टम परीक्षण गरिसकेका छौं, अहिलेसम्म केही भएको छैन र हुन पनि सक्दैन । यस्तो अफवाहबाट त्रसित हुनुपर्ने आवश्यकता छैन’ ढकालले भने । 


    images
    images

    Logo