images
images

राष्ट्रपति पौडेलद्धारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण


  • 359
    SHARES
  • २०८० आषाढ ३१ गते आइतबार

    राष्ट्रपति पौडेलद्धारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदका दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय पुगेका बजेटसँग सम्बन्धित तीनवटा विधेयक राष्ट्रपति पौडेलले आइतवार प्रमाणीकरण गरेका हुन् । 

    विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका थिए । सो विधेयक आज राष्ट्रपतिले प्रमाणिकरण गरेका हुन् ।  बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण भएसँगै बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ । 

    IMG_20230716_131459-1575x2048.jpg

     

     

     


    images
    images

    Logo