images
images

मैलुङखोला जलविद्युतको आईपीओ अर्को सातादेखि


  • 633
    SHARES
  • २०७८ श्रावण ७ गते बिहीबार

    मैलुङखोला जलविद्युतको आईपीओ अर्को सातादेखि

    काठमाडौं । मैलुङखोला जलविद्युत् कम्पनीले अर्को सातादेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साउन १४ गतेदेखि १८ गतेसम्म आईपीओ ल्याउने भएको हो । 

    कम्पनीले ल्याउन लागेको ७ लाख ३६ हजार कित्ता साधारण शेयरमध्ये कर्मचारी र म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याएर बाँकी रहेको ६ लाख ८४ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । 

    रसुवा जिल्लाको मैलुुङखोलामा ५ मेगावाटको आयोजना सञ्चालन गर्दै  आएको सो कम्पनीको आईपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 


    images
    images

    Logo