काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०८०र८१ को लागि मोटा धान प्रति क्विन्टल ३ हजार १ सय ९८ र मध्यम धान प्रति क्विन्टल ३ हजार ३ सय ६२ न्यूनतम समर्थन मूल्य तोकिएको बताएकी छिन् ।
त्यस्तै,सो बैठकले नेपाल विद्युत प्राधिकरण, चैनपुर सेती जलविद्युत आयोजनाको विद्युत गृहमा रहने संरचना निर्माण गर्नको लागि बझाङ जिल्ला, तलकोट गाउँपालिका वडा नं। २ र ३ स्थित करिब ७३१९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ । नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुर जिल्लाको, सानोठिमीमा तोक्ने पनि उक्त बैठकले निर्णय गरेको छ ।
त्यसैगरी, निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई बढुवा गर्ने, पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुर जिल्लाको, सानोठिमीमा तोक्ने लगायतका निर्णण् सो बैठकले गरेको छ ।
यस्ता छन् निर्णयहरु :





