images
images

थप २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि 


  • 330
    SHARES
  • २०७८ श्रावण ४ गते सोमबार

    थप २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि 

    काठमाडौं ।  नेपालमा थप २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

    आज ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना संक्रमणमुक्त भएको छ ।

    त्यसैगरि कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२५८ रहेको छ 
    देशभर कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१  जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ । 

    यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५८२ पुगेको छ । 



    images
    images

    Logo