images
images

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर, को–को थिए यात्रु ?


  • 815
    SHARES
  • २०८० आषाढ २६ गते मंगलबार

    दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर, को–को थिए यात्रु ?

    काठमाडौं । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । 

    सोलुखुम्बुको सुर्केबाट विहाना ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर लाम्जुरापास क्षेत्रको लिखु पिके गाउँपालिका-५ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । 

    सम्पर्कविहीन हेलिकप्टरमा पाइटलसहित ६ जना सवार थिए । जसमध्ये अहिलेसम्म ५ वटा शव भेटिएको छ तर उनीहरुको पहिचान भने खुल्न सकेको छैन । 

    मनाङ एयरको लोडसिटअनुसार हेलिकप्टरमा पाइटल सीबी गुरुङ रहेका थिए । त्यस्तै, ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए । जसमामा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् ।

     


    images
    images

    Logo