काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्त संस्थामध्येकै पहिलो हुँदै सो लघुवित्तले विवरण सार्वजनिक गरेको हो ।
विवरण अनुसार लघुवित्तले एक वर्षको अवधिमा १४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ८७ करोड ६८ लाख चुक्ता पुँजी भएको कम्पनी लागि यो नाफा प्रतिशेयर १६.१४ रुपैयाँ हो । यो नाफा अघिल्लो वर्षको तुलनामा सामान्य मात्रै बढी हो ।
नाफा नबढे पनि सो कम्पनीले रिजर्भमा भने उल्लेख्य सुधार गरेको छ । अघिल्लो वर्ष १३ करोड रहेको रिजर्भको आकार बढाएर अहिले २८ करोड रुपैयाँ पुर्याइएको छ ।
व्यवसाय विस्तारमा भने सो माइक्रोफाइनान्स निकै आक्रामक देखिएको छ । अघिल्लो वर्ष साढे ५ अर्ब हाराहारीमा रहेको ऋण लगानीको आकार असार मसान्तसम्म ८ अर्ब २० करोड पुगेको छ ।



