काठमाडौं । भारत सरकारले नेपाललाई १५० आईसीयू बेड अनुदान सहयोग दिने भएको छ । कोभिड–१९ उपचारका लागि स्वास्थ्य पूर्वाधार सशक्तीकरणमा सहयोग गर्न लागेको हो ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कानुनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । भारतले अनुदानमा नेपाललाई ११ लाख खोप उपलब्ध गराएको छ । १० लाख नेपाल सरकार र एक लाख कोभिशील्ड खोप नेपाली सेनालाई भारत सरकारबाट अनुदानमा उपलब्ध गराइएको थियो ।



