काठमाडौं । नेकपा एमालेका सांसद किसान श्रेष्ठ र प्रेम आलेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
ओली पक्षका कट्टर मानिने दुई सांसदले देउवाको पक्षमा मतदान गरेका हुन् । आले ओली सरकारका पूर्व वनमन्त्री हुन् भने श्रेष्ठ सांसद अपहरण काण्डका आरोपी हुन् ।
त्यस्तै धनबहादुर बुढा र गोपाल बमले पनि देउवालाई मत दिएका छन् । यी चार जनाले साथ छोड्दा ओली पक्ष थप कमजोर देखिएको छ ।