images
images

काठमाडौं उपत्यकामा ३३४ जनामा कोरोना संक्रमण पुष्टि 


  • 309
    SHARES
  • २०७८ श्रावण ३ गते आइतबार

    काठमाडौं उपत्यकामा ३३४ जनामा कोरोना संक्रमण पुष्टि 

    काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    जसमा काठमाडौंमा २३४, भक्तपुरमा ३६ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन् ।

    हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या सात हजार १० रहेको छ ।

    देशभर थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । 

    हालसम्म नेपालमा ९ हजार ५५० जना कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । 

     


    images
    images

    Logo