काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई नयाँ मुल्यसुची पठाएको छ । सो मुल्यसुची अनुसार पेट्रोलको मुल्य घटेर आएको हो । नेपाल आयल निगमलाई आईओसीले १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।
आईओसीले यो पटक पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर आएको छ भने डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय ६१ रुपैयाँ घटेर आएको छ ।
अहिले पेट्रोलको मुल्य १ सय ७५ रुपैयाँ , डिजेल र मट्टितेलको मूल्य १ सय ५५ रुपैयाँ रहेको छ ।