images
images

एमालेले भन्यो, 'जसले देउवालाई मत दिन्छ, ऊ पार्टीमा रहँदैन'


  • 349
    SHARES
  • २०७८ श्रावण ३ गते आइतबार

    एमालेले भन्यो, 'जसले देउवालाई मत दिन्छ, ऊ पार्टीमा रहँदैन'

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजको संसदमा विश्वासको मत दिने सांसद पार्टीमा नरहने निर्णय गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी गराए । 

    सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार बनेको सरकारमा कुनै पनि ह्विप नलाग्ने फैसलाबीच एमालेले यस्तो निर्णय गरेको हो । ‘एमालेको सरकारलाई ढालेर अर्को पार्टीको सरकारलाई विश्वासको मत दिने व्यक्तिसँग पार्टीमा रहिरहने नैतिक र राजनीतिक अधिकार हुँदैन,’ प्रवक्ता ज्ञवालीले भने, ‘आज यही निर्णय भयो बाँकी मतदान पछि बस्ने बैठकहरुले निर्णय गर्छ ।’

    उनले संसदको पहिलो बैठकमा सामान्य र प्रक्रियागत विषयमा मात्रै छलफल हुने भए पनि पहिलो बैठकबाटै विश्वासको मत लिनुलाई एमाले फुटाउने मनशायको रुपमा समेत अथ्र्याएका छन् । उनले कार्यदलमा रहेका सदस्यहरुले विश्वासको मत दिन नहुने बताइरहँदा माधव नेपालले एकलौटी ढंगबाट विश्वासको मत दिन लागेको आरोप समेत लगाए । 


    images
    images

    Logo