images
images

आजदेखि दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई भेरोेसेल खोप लगाइँदै


  • 309
    SHARES
  • २०७८ श्रावण ३ गते आइतबार

    आजदेखि दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई भेरोेसेल खोप लगाइँदै

    देउखुरी । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि  खोप लगाउन लागिएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जनाएको छ ।  एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ ।  कार्यालायका कोरोना फोकल पर्सन कमल चन्दले भने, स्थानीय तहका १०० बढी स्वास्थ्यचौकी एवं स्वास्थ्य एकाइबाट खोप लगाइने छ ।

    अहिलेसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ । त्यसैगरी जिल्लाभर आठ हजार बढीलाई भेरोसेल खोप लगाइएको छ । जोन्सन एण्ड जोन्सन खोप प्राप्त भएलगत्तै सो उमेर समूह र पूर्ण अपाङ्गता भएका नागरिकलाई खोप लगाइने जनाइएको छ । 


    images
    images

    Logo