images
images

हतारमा विश्वासको मत : नानो मन्त्रिमण्डलको 'रिस्क'मा देउवा


  • 945
    SHARES
  • २०७८ श्रावण ३ गते आइतबार

    हतारमा विश्वासको मत : नानो मन्त्रिमण्डलको 'रिस्क'मा देउवा

    काठमाडौं । संसद विघटनपछि नियुक्ति गरेका २० मन्त्रीहरु सर्वोच्च अदालतले पदमुक्त गरेपछि तात्कालिन केपी शर्मा ओली सरकारको मन्त्रिमण्डल ५ सदस्यमा सीमित भयो । ओली, विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, वसन्त नेम्वाङ र लीलानाथ श्रेष्ठ बाहेक सबैको पद गएको थियो । अन्तरिम आदेशको भरमा पदमुक्त गराइएका ती मन्त्रीको मुद्दा अहिले पनि अदालतमा विचाराधिन छ । यद्यपि अब सरकार नै नरहेपछि यसको औचित्य समेत सकिएको छ । 

    अहिले शेरबहादुर देउवा सरकारको मन्त्रिपरिषद् पनि ५ सदस्यीय नै छ । मन्त्रिमण्डल विस्तार नै नगरी देउवाले अहिले विश्वासको मत लिने तयारी गरेका छन् । एमालेमा माधव नेपाल पक्षको मत नपाउने हो भने देउवा सरकारले विश्वासको मत पाउँदैन । 

    त्यस्तो अवस्था आएमा देउवा सरकार स्वतः कामचलाउ चुनावी सरकार बन्छ । यो अवस्थामा देउवा सरकारले फेरि मन्त्रिमण्डल विस्तार गर्न पनि सक्दैन । यस्तो अवस्थामा चुनावी सरकार निकै सकसपूर्ण अवस्थामा पुग्छ । 

    प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार नै नगरी विश्वासको मत लिने तयारी गरेका छन् । यस्तो अवस्थामा पनि देउवाले आजै विश्वासको मत लिन लागेका छन् । देउवा विश्वासको मत पाउनेमा ढुक्क देखिएपछि यस्तो ‘रिस्क’ लिन लागेको काँग्रेसनिकट स्रोत बताउँछ । 


    images
    images

    Logo