images
images

परिस्थिति अनुकुल देखिएपछि आजै विश्वासको मत लिँदै देउवा


  • 582
    SHARES
  • २०७८ श्रावण ३ गते आइतबार

    परिस्थिति अनुकुल देखिएपछि आजै विश्वासको मत लिँदै देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आज बस्ने बैठकमा देउवाले विश्वासको मत लिन लागेका हुन् । 

    देउवाले विश्वासको मत पाउने आधार पर्याप्त देखिएपछि आजै विश्वासको मतको परीक्षण गर्न लागेका हुन् । उनलाई काँग्रेस, माओवादी, जसपा उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र एमालेका माधव नेपालले सघाउने प्रतिवद्धता जनाएका छन् । 

    प्रधानमन्त्री ओलीले बालुवाटार छोड्दै गर्दा दिएको अभिव्यक्ति र बैठक रोक्न गरेको मागको बेवास्तासँगै एमालेमा पनि समस्या रहेको र जसपामा समेत ठाकुर पक्षका ६ जना उपेन्द्र यादव पक्षमा गएपछि देउवाले तत्कालै विश्वासको मत लिन लागेका हुन् । 


    images
    images

    Logo