images
images

जसपा संसदीय दलमा पनि उपेन्द्र यादवको बहुमत, देउवालाई अब ७ सांसद अपुग


  • 808
    SHARES
  • २०७८ श्रावण ३ गते आइतबार

    जसपा संसदीय दलमा पनि उपेन्द्र यादवको बहुमत, देउवालाई अब ७ सांसद अपुग

    काठमाडौं । संघीय संसदको राष्ट्रिय दलको रुपमा रहेको जसपाको संसदीय दलमा उपेन्द्र यादवको बहुमत देखिएको छ । महन्त ठाकुर पक्षमा रहेका ५ सांसद यादप पक्षमा लागेपछि जसपाको समीकरण फेरिएको हो । 

    हाल ३२ जना सांसद रहेको जसपमा यसअघि ठाकुर पक्षमा २० सांसद थिए भने उपेन्द्र यादवसँग १२ सांसद थिए । अहिले ६ जना सांसद यादब पक्षमा लागेका छन् । ठाकुर पक्षका प्रमोद साह, अमृताच अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र रुही थारु यादब पक्षमा लागेका हुन् । योसँगै उपेन्द्र यादव सांसदीय दलको बहुमतमा पुगेका हुन् । 

    ५१ सदस्यीय कार्यकारिणी समितिमा ठाकुर यसअघिदेखि नै ३० सदस्य सहित बहुमतमा थिए । अहिले जसपाको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णय विचाराधिन भएको अवस्थामा ठाकुर पक्ष अल्पमतमा परेको हो ।

    १८ सांसद यादब पक्षमा गएपछि अब थप ७ जनाको समर्थन भए प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने अवस्था छ । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनेका देउवालाई विश्वासको मत दिन ह्वीप नलाग्ने भए पनि एमालेले देउवालाई मत नदिने निर्णय गरेको छ । माधव नेपाल पक्षले विश्वासको मत दिने कि नदिने भन्ने निर्णय नगरेकोले अहिले ७ जना अपुग रहेको देखिन्छ ।


    images
    images

    Logo