काठमाडौं । संघीय संसदका दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि दुबै सदनको बैठक आह्वान गरेकी हुन् ।
प्रतिनिधिसभाको आठौँ अधिवेशनको पहिलो बैठक आज बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरिएको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त मन्त्रिपरिषद् गठन र अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर पढेर सुनाइने छ ।
राष्ट्रपतिको कार्यालयबाट प्राप्त यस्तै, सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
अधिवेशनको प्रारम्भमा दलका नेताहरुले मन्तव्य व्यक्त गर्ने परम्परा रही आएको छ । शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।



