काठमाडौं । कोरोना संक्रमणका कारण बिभिन्न जिल्लामा जारी निषेधाज्ञा अझै ५८ जिल्लामा कायम छ । कोरोना संक्रमण केहि कम भएपनि अझै पुर्ण रुपमा नियन्त्रणमा नआएका कारण मुलुकका दुई तीहाई जिल्लामा अझै जोखिम रहेको भन्दै निषेधाज्ञा बढाइएको छ ।
गृह मन्त्रालयका अनुसार, कोरोना संक्रमणको जोखिम अझै कायम भएका ५८ जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै थपिएको छ । जोखिम कम भएका १९ जिल्लामा भने निषेधाज्ञा हटाइएको मन्त्रालयले जनाएको छ ।
गत वैशाखमा कोरोना संक्रमण सबै भन्दा बढी फैलिएको समयमा मुलुकका ७७ वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा जारी रहेका जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान बाँके, सुर्खेत र डडेल्धुरामा रहेका छन् ।
यसैगरी, झापा, मोरङ, सुनसरी, इलाम, गुल्मी, प्यूठान, गोरखा, उदयपुर, पर्वत, मकवानपुर, कालिकोट स्याङ्जा रामेछाप, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, महोत्तरी, डोटी नवलपरासी पूर्व, म्याग्दी, मुगु, तनहुँ, सिरहा, नवलपरासी पश्चिम र धनकुटामा पनि निषेधाज्ञा संखुवासभा, सर्लाही, सिन्धुली, ओखलढुंगा, अछाम, हुम्ला, धादिङ, रौतहट, पाँचथर, सोलुखुम्बु, तेह्रथुम जिल्लामा निषेधाज्ञा थप गरिएको गृहमन्त्रालयले जनाएको छ ।



