images
images

साउन १५ सम्म ३२ लाख भेरोसेल खोप नेपाल आउने


  • 352
    SHARES
  • २०७८ श्रावण २ गते शनिबार

    साउन १५ सम्म ३२ लाख भेरोसेल खोप नेपाल आउने

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि  यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ ।

    १८ वर्षभन्दा माथिका उमेर समूह सबै नेपालीलाई खोप लगाउन साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । 
    त्यसअनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुनेछ ।

    पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज खोप दिने योजना छ । मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी सबैले खोप लगाउन पाउने छौं ।’


    images
    images

    Logo