काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौं २९९ जना, ललितपुरमा ७७ र भक्तपुरमा ५२ संक्रमित थपिएका हुन् ।
देशभर थप एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण २१ जनाको मृत्यु भएको छ ।
देशभर दुई हजार १६४ जना निको भएका छन् भने कोरोनामुक्त हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ ।