images
images

मतदाता नामावली संकलन तथा अद्यावधिक गरिंदै


  • 532
    SHARES
  • २०७८ श्रावण २ गते शनिबार

    मतदाता नामावली संकलन तथा अद्यावधिक गरिंदै

    काठमाडौं । मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य अघि बढ्ने भएको छ । निर्वाचन आयोगले साउन ३ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य गर्न लागेको हो ।

    आयोगले शुक्रबार एक विज्ञप्ति जारीगर्दै सो जानकारी दिएको हो । विज्ञप्तीमा सर्वोच्च अदालतको असार २८ गतेको आदेश बमोजिम प्रतिनिधिसभा पुनःस्थापना भएका कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकाले साउन ३ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न लागिएको जनाइएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ गते र मंसिर ३ गते निर्वाचन गर्ने मिति तोकेपछि आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य जेठ ९ गतेदेखि स्थगित गरेको थियो ।


    images
    images

    Logo