images
images

भेरोसेल खोप अभियान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित


  • 613
    SHARES
  • २०७८ श्रावण १ गते शुक्रबार

    भेरोसेल खोप अभियान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

    काठमाडौं । कोरोना भाइरसविरूद्धको भेरोसेल खोप लगाउने अभियान स्थगित भएको छ । खोपको मात्रा सकिएपछि काठमाडौंमा खोप लगाउने अभियान स्थगित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

    शुक्रबार काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले सूचना जारी गर्दै भेरोसेल खोप अभियान स्थगित भएको जानकारी गराएका हुन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत मंगलबारदेखि शनिबारसम्मको लागि भेरोसेल खोप अभियान सञ्चालन गरेको थियो । स्वास्थ्य कार्यालय, काठमाडौंमा मौजुदा रहेको खोप सकिएपछि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको जनाएको छ ।


    images
    images

    Logo