images
images

सात प्रदेशको बजेट २ खर्ब ७९ अर्ब, सबैभन्दा बढी बागमती, कुनको कति ?


  • 491
    SHARES
  • २०८० आषाढ २ गते शनिबार

    सात प्रदेशको बजेट २ खर्ब ७९ अर्ब, सबैभन्दा बढी बागमती, कुनको कति ?

    काठमाडौं । सातै प्रदेश सरकारले आगामी वर्षको आय–व्ययको अनुमानित बिबरण (बजेट) शुक्रबार सम्बन्धित प्रदेश सभामा प्रस्तुत गरेका छन्। सबै प्रदेशले कूल २ खर्ब ७९ अर्ब ५७ करोडको बजेट ल्याएका छन्।

    आगामी आर्थिक वर्षका लागि संघीय सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । कोशी बाहेकका छ प्रदेशले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका  छन् भने  कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत बजेट ल्याइसकेको छ ।

    जसमध्ये बागमती प्रदेशले बजेट सबैभन्दा बढी ६२ अर्ब ७० करोड बजेटको विनियोजन गरेको छ। त्यसपछि मधेसमा ४४ अर्ब ११ करोड, लुम्बिनीमा ४० अर्ब ४७ करोड, कोशी प्रदेशमा ३६ अर्ब २४ करोड,  गण्डकीमा ३३ अर्ब ४२ करोड, कर्णालीमा ३३ अर्ब ३७ करोड छ। सुदूरपश्चिममा २९ अर्ब २६ करोडको बजेट विनियोजन गरेका छन् ।

    कोशी प्रदेश सरकारको बजेट ३६ अर्ब २४ करोड

    कोशी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट ल्याएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला योजनामन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट प्रस्तुत गरेका हुन्। 

    कुल बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, यस्तै वित्तीय व्यवस्थाका लागि १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    मधेश प्रदेशमा ४४ अर्ब ११ करोडको बजेट

    मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोडको बजेट ल्याएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री संजयकुमार यादवलेले अगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् ।

    सार्वजनिक बजेटमा चालूतर्फ १८ अर्ब २१ करोड, ७६ लाख १४ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार रुपैयाँ रहेको छ । वित्तीय व्यवस्थातर्फ २० करोड विनियोजन गरिएको छ । 

    बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड

    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ।

    शुक्रबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले उक्त बजेटमध्ये पूँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख रुपैयाँ बिनियोजन गरेका छन् ।  वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको छ।

    गण्डकी प्रदेशको बजेट ३३ अर्ब ४२ करोड

    गण्डकी प्रदेश सभाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले आगामी वर्षको लागि सो बजेट विनियोजन गरेका हुन् ।

    कुल विनियोजित बजेटको चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात ३८.१ प्रतिशत विनियोजन भएको छ । यस्तै, पुँजीगततर्फत २० अर्ब १९ करोड अर्थात ६०.४ प्रतिशत बजेत विनियोजन गरेको छ । सरकारको अनुमानित बजेटमध्ये वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको छ।

    लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ४७  करोड

    लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की रानाले उक्त बजेटमध्ये पूँजीगततर्फ  २३ अर्ब २५ करोड ६९ लाख ४८ हजार र खर्चतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार  बजेट प्रस्तुत गरेका छन्  वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख विनियोजन गरेका छन् । 


    कर्णाली प्रदेशको बजेट ३३ अर्ब ३७ करोड

    कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रस्तुत गरेका बजेटमा चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रुपियाँ विनियोजन गरेका छन् । 

    सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड

    सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको बजेट ल्याएको छ ।

    प्रदेशसरकारका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षका लागि कूल विनियोजनमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार र पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार रहेको छ ।

    यसैगरी विनियोजनमध्ये अन्तर सरकारी वित्त हस्तान्तरणअन्तर्गत दुई अर्ब ३४ करोड ७५ लाख ७० हजार र वित्तीय व्यवस्थातर्फ  ३० करोड विनियोजन गरिएको छ । 

     

     

     

     

     

     

     

     

     

     

     


    images
    images

    Logo