काठमाडौं । युरोकप २०२० फुटबलमा आज (शुक्रबार) तीन खेल हुँदैछ ।
आज हुने पहिलो खेल स्विडेन र स्लोभाकियाबीच हुनेछ । नेपाली समय अनुसार दुई टिमबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।
स्लोभाकिया पहिलो खेल जित्दै समूहको शीर्ष स्थानमा छ । स्विडेनले भने पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।
आज हुने दोस्रो खेल क्रोएसिया र चेक रिपब्लिकबीच हुनेछ । नेपाली समय अनुसार दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । क्रोएसिया पहिलो खेलमा इङ्ल्यान्डसँग पराजित भएको थियो ।
समूह ‘डी’ मा रहेको क्रोएसिया समूहको तेस्रो स्थानमा छ । पहिलो खेलमा चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।
आज हुने अन्तिम खेल इङ्ल्यान्ड र स्कटल्यान्डबीच हुनेछ । नेपाली समय अनुसार दुई टोलीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्न सकेमा इङ्ल्यान्ड अघिल्लो चरणमा प्रवेश गर्ने छ । इङ्ल्यान्ड समूह ‘डी’ को दोस्रो स्थानमा छ ।



