काठमाडौं । यस साता नेप्से परिसूचक १४.८० अंकले बढेको छ । यो साता सो अंक बराबरको बढेर १ हजार ८ सय ५३दशमलव ७६ विन्दुमा पुगेको छ। अघिल्लो साता १ हजार ८ सय ३८ दशमलव ९६ विन्दुमा बन्द भएको थियो । यस साता नेप्से बढेपनि कारोबार रकम भने घट्न पुगेको छ ।
गत साता दैनिक औषतमा १ अर्ब ५ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस साता ७१ करोडको मात्र शेयर कारोबार भएको छ। यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि बढेको छ। गत साताको अन्त्यसम्ममा २६ खर्ब ४२ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो बजार पूँजीकरण, यस साता २२ अर्ब रुपैयाँ बढेर २६ खर्ब ६४ अर्ब अर्ब रुपैयाँ पुगेको छ।
साताको पहिलो दिन आइतबार परिसूचक नेप्से २३.८३ अंकले घटेर १ हजार ८ सय १५ दशमलव १५ विन्दुमा झरेको थियो । आइतबार १ अर्ब ७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
साताको दोस्रो दिन सोमबार घटस्थापन परेको कारणले शेयर बजार बन्द भएको थियो भने मंगलबार १५.९२ अंकले बढेर १ हजार ८ सय ३१ दशमलव ५ विन्दुमा पुगेको थियो । सो दिन ६६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । शेयर बजार बढेपनि कारोबार रकम भने गिरावट आएको थियो ।
बुधबार ६.४१ अंकले बढेर १ हजार ८ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको थियो । बुधबार ४८ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । मंगलबार सामान्य अंकले बढेको बजारले बुधबार पनि निरन्तरता पाएको थियो बजारले निरन्तरता पाएपनि कारोबार भने रकम भने अझै घट्न पुगेको हो । साताको अन्तिम दिन विहीबार १६ अंकले बढेर १ हजार ८ सय ५३ दशमलव ७६ विन्दुमा पुगेको थियो । सो दिन ६३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
लाभांश सिजन सुरु भएसँगै कम्पनीहरु लाभांश वितरण गर्ने थालेका छन् । यस सातामा मात्रै कुमारी बैंक, सनराइज क्यापिटल, बोटलर्स नेपाल र रुरु जलविद्युत आयोजनाले लाभांश घोषणा गरेका छन् । भने यसै साता कुमारी र एनसीसी बैंक मर्जरमा जानका लागि सहमति भएको थियो ।



