काठमाडौं । आज दशैं अघिको अन्तिम दिन शेयर बजार बढेर बन्द भएकाे छ। दुई दिनदेखि सकारात्मक देखिएको बजार दशैंअघिको अन्तिम कारोबार दिन पनि १६ अंकले बढेर बन्द भएको हाे। साे अंकले बढेसँगै १ हजार ८ सय ५३ दशमलव ७६ विन्दुमा पुगेको छ । विहीबार २ सय २३ कम्पनीको ६३ करोड २४ लाख रुपैयाँ बराबरको १७ लाख ९१ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज १ सय ३४ कम्पनीको शेयर मूल्य बढेको छ । ४७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमा जीवन बीमा बाहेक सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, नविल बैंकको २ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अभियान लघुवित्तको ९.९८ प्रतिशतले बढेको छ । । त्यस्तै, गुराँस लघुवित्त वित्तीयको ५.७६ प्रतिशतले बढेको छ ।



