काठमाडौं । साताको पहिलो शेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अंकले घटेर १ हजार ८ सय १५ दशमलव १५ विन्दुमा झरेको छ । आइतबार २ सय २८ कम्पनीको १ अर्ब ७ करोड रुपैयाँ बराबरको ४० लाख १४ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज शेयर बजार घटेपनि कारोबार रकमभने बढेको छ । १२ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ७४ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् जसमा हाइड्रोपावर, लगानी र फाइनान्स उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेका छन्।
आज सबैभन्दा घेरै लक्ष्मी बैंकको २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड २९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको ३ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा अभियान लघुवित्त रहेको छ । यस कम्पनीको शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएसँगै आज कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।



