images
images

जसपाको ठाकुर–महतो समूहमा रहेका प्रदेश २ का ४ मन्त्री बर्खास्त


  • 574
    SHARES
  • २०७८ जेठ २४ गते सोमबार

    जसपाको ठाकुर–महतो समूहमा रहेका प्रदेश २ का ४ मन्त्री बर्खास्त

    धनुषा । मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका प्रदेश २  सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरेको छ । 

    भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।

    आइतबार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा हटाइएको पत्र दर्ता गराएका थिए ।

    प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गर्नुभएको छ । प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री राउतलाई भौतिक पूर्वाधार  मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ ।

    विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना , ज्ञानेन्द्रकुमार यादवलाई आन्तरिक मामिला तथा कानून, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी , नवलकिशोर साहलाई सामाजिक  र रामनरेश यादवलाई उद्योग मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ ।


    images
    images

    Logo