काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको विज्ञापन वोर्डले वान एक्सवेट डटकमका नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैधरुपमा जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोबार नगर्न अपिल गरेको छ ।
मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी नेपालमा केही समययता उक्त साइटका नाममा अवैध जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोवार भइरहेको जनाउदै त्यसो नगर्न अनुरोध गरेको छ ।
यस्ता कार्य विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा (ज्ञ) को खण्ड (ख) को व्यवस्थाविपरीत भएकोले तत्काल त्यस्ता गतिविधि बन्द गर्न, त्यस्ता विज्ञापन तथा भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरिन्छ । विज्ञप्तीमा भनिएको छ । मन्त्रालयले अन्यथा कानूनबमोजिम कारबाही हुने जनाएको छ ।



