images
images

विपद्मा परेकाको सहयोग गर्न गैसस विपद् व्यबस्थापन कोष स्थापना 


  • 532
    SHARES
  • २०७८ जेठ २३ गते आइतबार

    विपद्मा परेकाको सहयोग गर्न गैसस विपद् व्यबस्थापन कोष स्थापना 

    भक्तपुर । गैरसरकारी संस्था महासङ्घ, भक्तपुर शाखाले विपद्मा परेकाको सहयोग गर्न गैसस विपद् व्यबस्थापन कोष स्थापना गरेको छ । 

    गैसस भक्तपुरको आज सम्पन्न जुम बैठकबाट कोष स्थापना गरी एकैदिन रु ७० हजार ९८४ कोषमा संकलन भएको छ ।

    कोभिड–१९ को महामारीको समयमा धेरै नेपाली नागरिक विपद्मा परेपछि कोभिडसँगै देशमा आइपर्ने जुनसुकै विपद्मा पनि सहयोग गर्ने उद्देश्यका साथ कोष स्थापना गरेको संस्थाका अध्यक्ष नारायणप्रसाद न्यौपानेले जानकारी दिए । 

    संस्थाका पदाधिकारीबाट रु एक लाखसम्म सङ्कलन गर्ने र थप रकम दाताहरुसंँग आह्वान गरी कोषको रकमबाट विपद्मा परेका गैसस परिवार तथा आमनागरिकलाई आर्थिक, भौतिक तथा मनोवैज्ञानिक सहयोग गरिने उनले बताए ।

    गैसस भक्तपुरका सल्लाहकार एवं केन्द्रीय सदस्य बालमुकुन्द सुवालले हरेक वर्ष आउने बाढी पहिरोलगायतको विपत्ती झेल्दै आएको नेपालले २०७२ सालको महाभूकम्प र अहिलेको कोभिड महामारीले विपद् जतिपनि बेला आउने सक्ने भएकाले तयारीमा बस्नु पर्ने पाठ सिकाएको बताए । 

    उनले कोषलाई मजबुद बनाएर पारदर्शी ढङ्गले कार्यान्वयनमा ल्याउनु पर्ने र कोषमा सहयोगको हातहरु बढाउनु पर्ने बताए ।


    images
    images

    Logo