काठमाडौं । कोरोना महामारीपछि सार्वजनिक यातायातको साटो दुइपांग्रे सवारी साधनमा मानिसहरुको आकर्षण बढ्दो यसको सकारात्मक प्रभाव बिक्रीमा पनि देखिएको छ ।
कोरोना महामारीका कारण मुलुकमा लागू भएको लकडाउनका कारण आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा १९ प्रतिशतले घटेको आम्दानी आर्थिक वर्ष २०७७/७७ को ९ महिना अर्थात् गत चैत मसान्तसम्ममा भने ८४ प्रतिशतले बढेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६र०७७ मा मा २१ अर्ब ६९ करोड ६० लाख रुपैयाँ आम्दानी गरेकोमा आर्थिक वर्ष २०७७र७८ मा करीब ५ अर्ब रुपैयाँले घटेर १६ अर्ब ७१ करोड २० लाखमा सीमित भएको थियो । तत्कालीन समयमा कोरोनाका कारण जारी लकडाउनको असर प्रमुख थियो ।
तर, चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा अनुमानित आम्दानी १५ अर्ब ७ करोड ३० लाख रुपैयाँ छ । जुन अघिल्ला वर्षहरुको तुलनामा वृद्धिदर सकारात्मक हो ।
महामारीका कारण दुइपांग्रे सवारी साधनको व्यापारमा उल्लेख्य कमी आए पनि पछिल्लो समयमा पनि व्यापार आक्रमक देखिएको छ ।
नेपालमा बजाज ब्राण्डका मोटरबाइक बिक्री गर्ने कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनीको आम्दानी कोरोना महामारीका कारण उल्लेख्य मात्रामा गिरावट देखिए पनि पछिल्लो समयमा भने व्यापारमा चमक देखिएको छ ।
कम्पनीले दुइपांग्रे सवारी साधनको बिक्रीबाट आउने हिस्सा कुल हिस्सामध्ये ८५ प्रतिशत छ । साथै स्पेयर पार्टस् र लुब्रिकेन्टको हिस्स ९ प्रतिशत र तीनपांग्रे सवारी साधनको हिस्सा ६ प्रतिशत छ ।
यो कम्पनी सन् १९९८ देखि बजाजको दुइपांग्रे सवारी साधनको आधिकारिक बिक्रेता रहँदै आएको छ । जसले मुलुकमा ठूलो स्केलमा मोटरबाइक बिक्री समेत गरेको छ ।
सन् २०२१ मा कम्पनीको दुइपांग्रे सवारी साधनको बजारमा ४८ प्रतिशत हिस्सा छ । जुन सन् २०१९ मा ४३ प्रतिशत थियो । त्यसका साथै तीनपांग्रे सवारी साधनमा कम्पनीको हिस्सा ६० प्रतिशत छ ।
कम्पनी गोल्छा ग्रुप अन्तर्गत सञ्चालित कम्पनी हो । ग्रुपको विभिन्न उत्पादनमुलक तथा ट्रेडिङ क्षेत्रमा ठूलो लगानी छ । हाल कम्पनीको सेयर स्वामित्व गोल्छछा परिवारको १९ जनामा छ । जसमा सबैभन्दा धेरै शेखर गोल्छाको नाममा ५३.८ प्रतिशत छ भने अन्य व्यक्तिका नाममा ३.७५ प्रतिशतभन्दा कम सेयर स्वामित्व छ ।



