काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक हालसम्मकै उच्च अंकमा पुगेको छ ।
आजको दिन नेप्से परिसूचक ५०.१३ अंकले बढेर २८०६.८९ अंकमा पुगेर बन्द भएको छ । आइतबारको कारोबारमा नेप्से हालसम्मकै उच्च अंक २९१९.१० अंकसम्म पुगेको थियो ।
यो दिन ९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन ३ करोड ७४ लाख कित्ता सेयर १७ अर्ब २७ करोड रुपैयाँमा कारोबार भएको छ । यसअघिको उच्च कारोबार १७ अर्ब २८ करोड रुपैयाँ थियो ।
यो दिन महिला लघुवित्तको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने गुडविल फाइनानसको सेयर मूल्य ९.८९ प्रतिशत, लुम्बिनी विकास बैंकको सेयर मूल्य ९.८८ प्रतिशत र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ ।
उपसमूहतर्फ लगानी समूहमा ३.९७ प्रतिशत, विकास बैंक २.३८ प्रतिशत र बैंकिङ उपसमूह ३.६६ प्रतिशतले बढेको छ ।



