काठमाडौं । माधव नेपाल समूहको अनेरास्ववियुले उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्ति एवं संसद विघटन विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्न बैठक बस्दै छ ।
बिहान ९ बजे जुम बैठक बोलाइएको बैठकमा छलफल गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरिएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।
शनिबार साँझ काठमाडौंको नयाँ बानेश्वरमा उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेको अनेरास्ववियुले संसद विघटनको विषयलाई समेत जोडेर कार्यक्रमको घोषणा गर्न लागेको बताइएको छ ।
उपप्रधानमन्त्री महतोको अभिव्यक्ति र संसद विघटन विरुद्धको संघर्षको बारेमा बैठकमा छलफल हुने र आन्दोलन कसरी गर्ने र कति समयको लागि कार्यक्रम घोषणा गर्ने भन्ने बारे छलफल हुने बताइएको छ ।



