काठमाडौं । वालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा रहेका ४९ जना व्यक्तिको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग अन्तर्गत भूमिसुधार तथा मालपोत कार्यालयले २१ दिने सार्वजनिक सूचना जारी गर्दै सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए पेश गर्न सम्बन्धित जग्गाधनीहरुलाई भनेको छ ।
गत चैत गतेको आदेश अनुसार सो क्षेत्रमा रहेको जग्गा सरकारको नाममा गर्नुपर्ने सम्बन्धी सूचना सम्बन्धित व्यक्तिको घरदैलोमा पुर्याउन जाँदा पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै कार्यालयले सार्वजनिक सूचना निकालेको हो । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुनेछ ।
सो सूचीमा सबैभन्दा बढी धेरै जग्गा शोभाकान्त ढकालको छ । सो क्षेत्रमा उनी, उनका परिवारको नाममा २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा रहेको उल्लेख गरिएको छ ।
त्यस्तै, भाटभटेनी सुपरमार्केटको नाममा ११ कित्ताको २ हजार २ सय १८ वर्गफिट रहेको उल्लेख गरिएको छ । उपप्रधानमन्त्री विष्णु पाैडेलका छोराको नाममा पनि जग्गा रहेकोमा उनी आफैंले मालपोत कार्यालयमा गएर जग्गा सरकारको नाममा नामसारी गरिदिएकोले सार्वजनिक सूचनामा उनको नाम समावेश गरिएको छैन ।
हेर्नुहोस ४९ जनाको सूची






