काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको महन्त ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा गएको छ । ८ मन्त्री र २ राज्यमन्त्रीसहित सो दल सरकारमा सहभागी भएको हो । नवनियुक्त मन्त्रीको शुक्रबार शपथ ग्रहण गर्ने तयारी गरिएको छ ।
कसले कुन मन्त्रालय पाए ?
राजपाबाट मन्त्रालय पाउनेहरुमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी रहेका छन् ।
नवनियुक्त मन्त्रीको आधिकारिक कार्यविधाजन नतोकिएको भए पनि राजेन्द्र महतो उपप्रधानसहित शहरी विकासमन्त्री भएका छन् । त्यस्तै, शरद सिंह भण्डारी ऊर्जा तथा जलस्रोत तथा सिँचाइ मन्त्रालय, अनिल झालाई खानेपानीमन्त्रालय, लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विमल श्रीवास्तवलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालय दिने तयारी ष्रिएको छ ।
त्यस्तै, उमाशंकर अरगरियालाई वन तथा वातावरण, चन्दा चौधरीलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, एकवाल मियाँलाई युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री तथा रेणुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्रीमा शपथ लिँदैछन् ।



