काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना कोरोना संक्रमित भेटिएका छन् ।
बिहीबार देशभर थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।