काठमाडौं । कोभिड १९ को संक्रमणबाट निधन भएका स्थायी बसोबास गर्ने व्यक्तिको परिवारलाई ललितपुर महानगरपालिकाले एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै आइसियू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड – १९ जितेकाहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।
महानगरपालिकाबाट सहयोग लिनका लागि सिफारिसपत्र लगायत आवश्यक कागजपत्र आवश्यक पर्ने पनि जनाइएको छ ।
महानगरभित्रका प्रत्येक वडामा पिसिआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको पनि प्रमुख महर्जनले बताए ।
उनले महानगरपालिकाले अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गरेको पनि बताए ।



