images
images

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट, कसले कति कमाए ?


  • 430
    SHARES
  • २०७९ भाद्र १७ गते शुक्रबार

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट, कसले कति कमाए ?

    काठमाडौँ ।  शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १ दशमलव ६७ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७० अंकमा ओर्लिएको हो । 

    ठूला कम्पनीको शेयर कारोबार मापन गर्न सेन्सेटिभ परिसूचक शुन्य दशमलव ७४ ले ओरालो लागेर ३ सय ८३ दशमलव २० मा सीमित भएको छ । कूल २ सय १९ कम्पनीको १८ लाख १ हजार २ सय ७३ कित्ता शेयर रु ६९ करोड ८८ लाख ५ हजार ९ सय ५१ बराबरको कारोबार भएको छ। 

    कारोबार भएका कूल १३ उपसमूहमध्ये शुक्रबार तीन कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । जलविद्युत् शुन्य १० मलब ९४, अन्य ७ दशमलव २५ र लघुवित्त शुन्य दशमलव ४७ अङ्कले उकालो लागेको छ ।

    बैंकिङ १ दशमलव ७६, व्यापार शुन्य दशमलव ४४, होटल तथा पर्यटन ७ दशमलव ५९, विकास बैंक ९ दशमलव ६४, वित्त पाँच दशमलव एक, निर्जीवन बीमा ३१ दशमलव शुन्य १, उत्पादन २२ दशमलव ९३, जीवन बीमा ५ दशमलव ६८, सामूहिक लगानी कोष शुन्य दशमलव शुन्य २ र लगानी शुन्य दशमलव १६ अङ्कले ओरालो लागेको छ । 

    नेप्सेका अनुसार शुक्रबारको कारोबारपछि बजार पूँजीकरण २८ खर्ब २६ अर्ब ६४ करोड छ लाख २४ हजार ३ सय ५८ बराबर रहेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको १० करोड ४ लाख ९८ हजार ८ सय ४८ बराबरको कारोबार भएको छ । 

     नबिल बैंक ४ करोड ३७ लाख ३ हजार ३ सय ८, अरुण काबेली पावर २ करोड ४६ लाख ७९ हजार ५ सय ७२, रिडी पावर कम्पनी २ करोड २६ लाख १७ हजार ७ सय १४ र शिवम् सिमेन्ट २ करोड २० लाख ९७ हजार ५ सय १६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ । 

    नेप्सेका अनुसार सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ९ सय दशमलव ८०,  जलविद्युत् परियोजना ९ दशमलव ६७, सामुदायिक लघुवित्त सात दशमलव ६१, मानुषी लघुवित्त ४ दशमलव २०, अप्पर हेवा खोला हाइड्रोपावरका लगानीकर्ताले २ दशमलव ८३ प्रतिशतले कमाएका छन् । 

    सिद्धार्थ इन्भेस्ट ग्रोथ स्किम, छ दशमलव १६, बुद्धभूमि नेपाल हाइड्रोपावर ४ दशमलव १०, सप्तकोशी डेभलपमेन्ट बैंक ३ दशमलव ९६, माहुली लघुवित्त ३ दशमलव ९५ र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३ दशमलव ८९ प्रतिशतले गुमाएका छन् ।


    images
    images

    Logo