images
images

४ वर्षपछि प्रेस काउन्सिलले पायो पूर्णकालीन नेतृत्व, अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त


  • 664
    SHARES
  • २०७८ जेठ २१ गते शुक्रबार

    ४ वर्षपछि प्रेस काउन्सिलले पायो पूर्णकालीन नेतृत्व, अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

    काठमाडौं । ४ वर्षपछि प्रेस काउन्सिलले पूर्णकालीन नेतृत्व पाएको छ । अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा कार्यबाहकको हैसियतमा नेतृत्व रहँदै आएको काउन्सिलमा ४ वर्षपछि पूर्णकालीन नेतृत्व आएको हो । प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त भएका छन् । 

    बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई  काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । दोलखा घर भएका बस्नेत लामो समय कान्तिपुर दैनिकमा थिए । उनी पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।  बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत नियुक्त भएका थिए । उनी सञ्चारमन्त्री पार्वत गुरुङको निकट मानिन्छन् । 

    हालै सम्पन्न पत्रकार महासंघको  निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका उनी  प्रेस युनियन र प्रेस संगठन नेपाल गठबन्धनसँग पराजित भएका थिए । दोलखाका बस्नेत कानुन व्यवसायी समेत हुन् । यसअघि काउन्सिलमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक अध्यक्षका रुपमा रहँदै आएका थिए ।

    यसअघि काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको योग्यताका विषयमा विवाद उत्पन्न भई सर्वोच्च अदालतमा मुद्दामा प्रेस काउन्सिल कार्यबाहक अध्यक्षको भरमा चलेको थियो । अहिले बरालको नियुक्तिको कार्यकाल सकिएको छ । सो अवधि सकिएपछि पूर्णकालीन नेतृत्व चयनको बाटो खुुलेको थियो । 


    images
    images

    Logo