images
images

उपत्यकामा असार १ गतेदेखि  मेलम्चीको खानेपानी नआउने


  • 572
    SHARES
  • २०७८ जेठ २० गते बिहीबार

    उपत्यकामा असार १ गतेदेखि  मेलम्चीको खानेपानी नआउने

    काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी असार १ गतेदेखि नआउने भएको छ । 

    सुरुङ परीक्षणका लागि मेलम्ची खानेपानी बन्द गरिने भएको हो ।

    मेलम्ची खानेपानी आयोजनाले तीन महिना परीक्षण अवधिका लागि पठाइएको पानीको परीक्षण अवधि समाप्त भएको छ । 

    इन्जिनियरको टोलीले  सुरुङमा केही गल्ती, कमजोरीबारे सुरुङ हेर्नेछन् । 

    पानी खाली गराउन कम्तीमा पनि १५ दिन लाग्नेछ र सुरुङको निरीक्षण गर्न थप १० दिन लाग्ने बताइएको छ । 

    सुरुङमा केही गल्ती, कमजोरी नदेखिए ११ दिनबाट पानी पठाइने आयोजनाले जनाएको छ । 

    परीक्षणका लागि गएको फागुन १० गतेदेखि काठमाडौंका धारामा पानी पठाइएको थियो ।

    बर्खाको समयमा पानीका स्रोतहरु बढ्ने भएकाले मेलम्चीको पानी नआए पनि पानी आपूर्तिमा समस्या नआउने आयोजनाले जनाएको छ ।

     


    images
    images

    Logo