काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९३ अंकले घटेर २ हजार २२ दशमलव ६३ विन्दुमा पुगेको छ । शुक्रबार २ सय १३ स्क्रिपको १ अर्ब २९ करोड रुपैयाँ बराबरको ३५ लाख ८८ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज १० कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ७२ कम्पनीको शेयर मुल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । आज कारोबारमा आएको जीबन विमा बाहेक सवै परिसुचक घटेका छन् ।
आज सवैभन्दा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ६ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने रिडी पावर कम्पनीको ५ करोड ८७ रुपैयाँ बराबराको शेयर कारोबार भएको छ ।



