काठमाडौं । यूईएफए युरो २०२० का फुटबलप्रेमी दर्शकहरुलाई लक्षित गरी डिसहोमले आफ्नो नयाँ अभियान ‘मेरा मनको दोस्रो देश’ सुरु गरेको छ ।
दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एचडी च्यानल एक्सन स्पोर्ट्समा हेर्न सक्नेछन् ।
सामाजिक सञ्जालहरुमा #MeroMankoDosroDesh फ्यानहरुले आफूले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् ।
यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टिमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्नेबारे जानकारी प्राप्त गर्नेछन् ।
यस अभियानबाट डिसहोमले समय समयमा कुन देशका सबैभन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ ।
जुन ह्यासट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ‘ड्र’मार्फत बम्पर पनि जित्नेछ ।
यसबाहेक, फ्यानहरुले सामाजिक सञ्जालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिई विभिन्न उपहारहरु जित्न सक्ने जनाइएको छ ।
कम्पनीले यसका लागि निश्चित सर्तहरु राखेको छ ।



